Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

  • आइतवार, फाल्गुण २२ २०७८

  • 648
    SHARES

  • माओवादीको केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

    माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् ।

    माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको थियो ।


    आइतवार, फाल्गुण २२ २०७८०२:२८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij