Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

७० वर्षको इतिहासमा किन पाँच वर्ष सरकार चल्न सकेन, मन्थन गरौं : शर्मा

७० वर्षको इतिहासमा किन पाँच वर्ष सरकार चल्न सकेन, मन्थन गरौं : शर्मा

  • शनिवार, फाल्गुण २१ २०७८

  • 554
    SHARES

  • ७० वर्षको इतिहासमा किन पाँच वर्ष सरकार चल्न सकेन, मन्थन गरौं : शर्मा

    काठमाडौं – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालसम्म पाँच वर्ष एउटा स्थायी सरकार किन चलेन भन्ने प्रश्नको मन्थन हुनुपर्ने बताएका छन्।

    उनले नयाँ ढंगले सोच्ने र मन्थन गर्न नसकिए सरकार अस्थिर हुने तथा त्यसको असर नागरिकले दुस्ख पाउँदै जाने बताए।

    निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै शनिबार शर्माले भने, ‘हामी चुनावमा जाँदैछौं, चुनावमा जानुअघि हामी मन्थन गर्न चाहन्छौं, लगातार किन पाँच वर्ष सरकार जान सकिरहेको छैन ?’

    कम्तीमा पाँच वर्ष सरकारमा बसेर जनताको सेवा गर्ने सपना कांग्रेसले देख्नुपर्ने बताए। ‘यो ७० वर्षमा पाँच वर्षसम्म सरकार कसैले किन हाँक्न सक्नुभएनरु,’ शर्माले भने, ‘यो गम्भीर प्रश्न छ।’

    पञ्चायतकालमै सूर्यबहादुर थापा, बहुदलपछि गिरिजाप्रसाद कोइराला, जनआन्दोलनपछि पुष्पकमल दाहाल र गत चुनावबाट दुई वटा कम्युनिष्ट पार्टी एक भएर केपी ओली सत्तामा आउँदा कुनै सरकार पाँच वर्ष नटिकेको शर्माले बताए।

    निर्वाचन जित्ने सवालमा पार्टी एक ठाउँमा रहेको भन्दै उनले अबको दसक एउटा बाटो बनाउन सकिने बताए।

    ‘कम्युनिष्टहरूले एउटा चुनाव जितेपछि पचास वर्ष हामी शासन गर्छौं भनेर भन्थे, हामी पचास बीस वर्षका लागि भन्ने नियन्त्रित मनोविज्ञानमा जान्नौं,’ उनले भने, ‘पाँच वर्षका लागि भन्छौं, जनताको सेवा राम्रोसँग गर्‍यौं भने फेरि सरकारमा आउँछौं ।’


    शनिवार, फाल्गुण २१ २०७८०३:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij