Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाका नवनिर्वाचित १९ जना सदस्यको शपथ आज हुने

राष्ट्रियसभाका नवनिर्वाचित १९ जना सदस्यको शपथ आज हुने

  • शनिवार, फाल्गुण २१ २०७८

  • 458
    SHARES

  • राष्ट्रियसभाका नवनिर्वाचित १९ जना सदस्यको शपथ आज हुने

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको शपथ आज हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार सदस्यहरुको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

    शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

    चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको पदावधि शुक्रबारबाट सकिएको छ ।

    पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

    सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् ।

    निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।


    शनिवार, फाल्गुण २१ २०७८०७:४३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij