Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 643
    SHARES

  • माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

    काठमाडौं – नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको हो ।

    पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।

    पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए । आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

    छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।


    शुक्रवार, फाल्गुण २० २०७८०५:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij