Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पल शाहमाथिको अनुसन्धान प्रक्रियालाई सघाउन आयोगको आग्रह

पल शाहमाथिको अनुसन्धान प्रक्रियालाई सघाउन आयोगको आग्रह

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 612
    SHARES

  • पल शाहमाथिको अनुसन्धान प्रक्रियालाई सघाउन आयोगको आग्रह

    काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र अभिनेता पल शाहमाथि लागेको जबरजस्ती करणीको आरोपमा संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

    गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गोप्य‚ निष्पक्ष‚ स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भन्दै आयोगले आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजीले अनुसन्धान प्रक्रिया प्रभावित हुने बताएको हो ।

    ‘अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहन्छ‚’ शुक्रबार आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    यसका साथै आयोगले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।

    आरोपको पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमतिबिना भिडियो रेकर्ड नगर्न, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पुर्‍याउन र स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोगले आग्रह गरेको आयोगका प्रवक्ता लोकनाथ वास्तोलाले जानकारी दिए ।

    यस्ता किसिमका गतिविधि गर्दा गोपनीयताको हक‚ न्यायसम्बन्धी हक र नागरिक तथा राजनीति अधिकारसम्बन्धी अधिकारसमेत प्रभावित हुने बताउँदै यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

    गत फागुन ११ गते पीडित पक्षले तनहु प्रहरी कार्यालयमा शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो ।


    शुक्रवार, फाल्गुण २० २०७८०३:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij