Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 867
    SHARES

  • एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

    काठमाडौं । संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्‍चमा आमसभा आयोजना गरिएको छ । आमसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।


    शुक्रवार, फाल्गुण २० २०७८०२:५६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij