Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनः आजदेखि मतदाता नामावलीमा दाबी विरोध

स्थानीय तह निर्वाचनः आजदेखि मतदाता नामावलीमा दाबी विरोध

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 518
    SHARES

  • स्थानीय तह निर्वाचनः आजदेखि मतदाता नामावलीमा दाबी विरोध

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आजदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ ।

    नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

    त्यस्तै कसैको मृत्यु भएको खण्डमा मतदाता नामावलीबाट हटाउन सूचना दिन सकिन्छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो ।


    शुक्रवार, फाल्गुण २० २०७८०८:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij