Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमसीसीको विरोधमा विप्लवसहित पाँच दलले आज प्रदर्शन गर्दै

एमसीसीको विरोधमा विप्लवसहित पाँच दलले आज प्रदर्शन गर्दै

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 389
    SHARES

  • एमसीसीको विरोधमा विप्लवसहित पाँच दलले आज प्रदर्शन गर्दै

    काठमाडौं – अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् ।

    संसद बाहिर रहेका साना ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको घोषणा गरेका दलले पहिलो कार्यक्रम प्रदर्शनको तयारी गरेका हुन् ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त रूपमा प्रदर्शनको तयारी गरेका हुन् ।

    संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।

     
     


    शुक्रवार, फाल्गुण २० २०७८०७:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij