काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान भेटवार्ता भएको छ । संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुनुहुन्छ ।
यस क्रममा उहाँले पूर्वएकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा हुनुहुन्छ । बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच छलफल भएको थियो ।
पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै आज बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उहाँकै निवास पुगेर भेट्नुभएको हो ।
पूर्वएकता केन्द्र पक्षधर नेताहरू भोलि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुने÷नहुने निर्णय गर्न आज पनि दिनभर छलफलमा जुट्ने बताइएको छ ।