Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले दियो युक्रेनका पक्षमा मत

राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले दियो युक्रेनका पक्षमा मत

  • बिहिवार, फाल्गुण १९ २०७८

  • 467
    SHARES

  • राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले दियो युक्रेनका पक्षमा मत

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्नेसम्बन्धी राष्ट्रसंघको आपतकालीन महासभामा प्रस्तुत प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो ।

    प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए भने विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

    राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्मा ४७ देश सदस्य छन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्मा नेपाल छैन ।

    राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।


    बिहिवार, फाल्गुण १९ २०७८०८:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij