Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

अनुदान बढाऔं, ऋण घटाऔं र आत्मनिर्भर हुँदै जाऔं : गगन थापा

अनुदान बढाऔं, ऋण घटाऔं र आत्मनिर्भर हुँदै जाऔं : गगन थापा

  • बुधवार, फाल्गुण १८ २०७८

  • 1.5K
    SHARES

  • अनुदान बढाऔं, ऋण घटाऔं र आत्मनिर्भर हुँदै जाऔं : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकलाई थप ऋणको पासोमा नपार्नका लागि अनुदानमा जोडदिन खोजेको स्पष्ट पार्नु भएको छ । स्वदेशी पुजीँले धान्न नसक्ने र विदेशी ऋण तिर्न नसक्ने अवस्थनमा पुगेर विश्वका धेरै देश संकटमा परेको उल्लेख गर्दै उहाँले अनुदान माग्नु पर्नेमा जोड दिइएको स्पष्ट पार्नुभयो ।

    आफ्नो हैसियत र औकात विनाको आदर्श कुरा गरियो भने झन झन भासिदै जाने भएकाले सस्तो लोकप्रियत कुरा भन्दा वास्तविक कुरा गर्नुपर्ने उहाँको भनाई छ । “कसैसँग सहयोग नलिइ आफै गरौँ भन्ने कुरा सुन्दा जति राम्रो सुनिन्छ, नेपालले अहिले त्यसलाई व्यवहारमा लागु गर्नु त्यतिनै कठिन र असंभव छ,” उहाँले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा काँग्रेस महामन्त्री थापाले देशको आत्मनिर्भरता र विदेशको अनुदान बढाउने तर ऋण घटाउने नीति लिनुपर्नेमा जोड दिनुभयो । विकसित देशहरुबाट अनुदान पाउनु कम विकसित देशहरुको अधिकार नै भएको उल्लेख गर्दै उहाँले अनुदानले देशको स्वाधिनतामा कुनै असर नपार्ने दावी गर्नुभयो । बरु ऋणले स्वाधिनता खोसिन सक्ने उहाँको भनाई छ ।

    खोक्रो कुरा गर्नेहरुलाई भन्दा बढी स्वाधिनताको चिन्ता आफुहरुलाई रहेको दावी गर्दै उहाँले एमसीसीका कारण देशलाई कुनै हानीभए जिम्मा लिन आफुहरु तयार रहेको बताउनु भयो । काँग्रेस महामन्त्री थापाले संविधान र कानुनले दिएको अधिकारका आधारमा एमसीसीको संझौता भएको स्पष्ट पार्नु भयो ।

    संसदबाट जारि गरिएको व्याख्यात्मक घोषणामा कुनै नयाँ कुरा नरहेको र अन्यौलमा परेका नागरिक स्पष्ट पार्नका लागि मात्रै घोषणा गर्नु परेको उहाँको भनाई छ ।

    अझै पनि अन्यौलमा र भ्रममा परेकाहरु अवको ५ ∕ ६ महिनामा भ्रममुक्त हुने र अहिले भ्रम छरेका ठगहलाई गाली गर्ने उहाँको दावी छ । “जनताले कुरा बुझ्दै गएर भ्रममुक्त भएपछि अहिलेसम्म भ्रम फैलाउनेले के जवाफ जनतलाई दिन्छन् भन्ने मैले हेरिरहेको छु,” उहाँले भन्नुभयो ।
    आफु एमसीसीको विपक्षमा कहिल्यै पनि नरहेको दावी गर्दै उहाँले यसलाई पारित गराउनका लागि भित्र भित्र काम निरन्तर गरिरहेको जानकारी दिनुभयो ।

    संसदले पारित गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्ने विश्वास व्यक्त गदै उहाँले नपाने एमसीसी नै खरेज हुने स्पष्ट पार्नुभयो । सम्झौता अनुसारकै व्याख्या भएकाले मान्ने अमेरिकाले मान्ने काँग्रेस महामन्त्री थापाको भनाई छ ।

     


    बुधवार, फाल्गुण १८ २०७८०९:१३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij