Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

देउवालाई अमेरिकी विदेश मन्त्रीको फोन, के भयो कुराकानी ?

देउवालाई अमेरिकी विदेश मन्त्रीको फोन, के भयो कुराकानी ?

  • बुधवार, फाल्गुण १८ २०७८

  • 754
    SHARES

  • देउवालाई अमेरिकी विदेश मन्त्रीको फोन, के भयो कुराकानी ?

    काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी भएको छ । एमसीसीसँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच गएराति टेलीफोन संवाद भएको हो ।

    नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले ट्विटरमार्फत संकेत गरेका छन् । उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारेसमेत छलफल भएको ब्लिनकलने जनाएका छन् ।

    आफूहरुले आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नेपालसँग नजिक रहेर निरन्तर काम गर्न चाहेको उनले बताएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन ।


    बुधवार, फाल्गुण १८ २०७८०९:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij