Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

‘आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता’

‘आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता’

  • बुधवार, फाल्गुण १८ २०७८

  • 801
    SHARES

  • ‘आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता’

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गर्नुभएको छ । अर्को देशलाई गाली गरेर राष्ट्रवादी नभइने भन्दै उहाँले आफ्नै देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गर्नुभएको हो ।

    सामाजिक संजालमार्फत भट्टराईले आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता भएको भन्दै मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व नरहेको उल्लेख गर्नुभएको छ ।

    ‘अब एमसीसीबारे माथापच्ची गर्नुको सट्टा कसरी आन्तरिक र बाह्य पुँजी/प्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको वृद्धिदर हासिल गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्‍याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ,’ भट्टराईले ट्विटरमा भन्नुभएको छ, ‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं।’

    हालै प्रतिनिधि सभाबाट अनुमोदित एमसीसी ठीक कि बेठीक भन्ने बहस जारी रहेका बेला भट्टराईले अब यसमा माथापच्ची गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो ।


    बुधवार, फाल्गुण १८ २०७८०७:३७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij