Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

प्रतिनिधि सभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

  • बुधवार, फाल्गुण १८ २०७८

  • 522
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आइतबार एमसीसी सम्झौता अनुमोदन गरेर सकिएको बैठक आज पुनः बस्न लागेको हो । संसद सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरिसकेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार नै बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो ।

    आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । आजको बैठकको दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नुहुने छ ।

    मन्त्री आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


    बुधवार, फाल्गुण १८ २०७८०७:४६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij