Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेश सरकारले बाढी-पहिरो प्रभावित नौ स्थानीय तहलाई आर्थिक सहयोग गर्ने

बागमती प्रदेश सरकारले बाढी-पहिरो प्रभावित नौ स्थानीय तहलाई आर्थिक सहयोग गर्ने

  • सोमवार, श्रावण २६ २०७७

  • 785
    SHARES

  • बागमती प्रदेश सरकारले बाढी-पहिरो प्रभावित नौ स्थानीय तहलाई आर्थिक सहयोग गर्ने

    काठमाडौँ ।  बागमती प्रदेश सरकारले बाढी-पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    मुख्य मन्त्री एवं बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले ७ गाउँपालिका र दुई नगरपालिकालाई क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

    धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई रु.३० लाख, धादिङकै सिद्दलेक र गजुरी गाउँपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५/१५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक र बिगु गाउँपालिकालाई १५/१५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

    ती स्थानीय तहका विभिन्न ठाउँमा बाढी-पहिरोले जनधनको क्षति पुर्‍याएकाले सहयोग गरेको जनाइएको छ।


    सोमवार, श्रावण २६ २०७७०३:५८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij