Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

व्याख्यात्मक घोषणाबारे हाम्रो र अमेरिकाको समान धारणा छः कांग्रेस

व्याख्यात्मक घोषणाबारे हाम्रो र अमेरिकाको समान धारणा छः कांग्रेस

  • सोमवार, फाल्गुण १६ २०७८

  • 843
    SHARES

  • व्याख्यात्मक घोषणाबारे हाम्रो र अमेरिकाको समान धारणा छः कांग्रेस

    काठमाडौँ – नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसीसँगै पारित भएको १२ बुँदै व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान धारणा रहेको बताएको छ।

    सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले संसदले आइतबार पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वागत गरिसकेको बताए।

    अब एमसिसीमा कुनै समस्या नरहेकाले आयोजना अघि बढ्ने उनले बताए। ‘एमसिसीका आयोजनामा अवरोध गर्नु विकास विरोधी कुरा हुन्छ, त्यस्तो कसैले गर्न हुँदैन,’ महतले भने।

    उनले एमसिसीबारे अझै पनि जनतामा केही भ्रम बाँकी रहेको बताए। ‘त्यस्तो भ्रमको बादल हामी हटाउँछौं, अरू पार्टीले पनि हटाऊन्,’ उनले भने।

    प्रवक्ता महतले एमसिसीमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुझबुझपूर्ण, परिपक्व र धैर्यतापूर्ण निर्णय गरेको बताए। एमसिसी पारित गर्न सघाउने सबैलाई उनले धन्यवाद दिए।

    प्राविधिक कारणले अनुमोदन प्रक्रियामा औपचारिक रूपमा सहभागी नभए पनि विपक्षी दल नेकपा एमालेले एमसिसी पास गर्न सहयोग गरेको उल्लेख गर्दै उनले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दललाई धन्यवाद दिए।

    एमसिसी सम्झौतामा नेपालको संविधान, बौद्धिक अधिकार, लेखा परीक्षणलगायतका कुराहरू सुनिश्चित हुने प्रबन्ध रहेको, व्याख्यात्मक घोषणामा पनि यी विषय उल्लेख भएको र एमसिसीले पठाएको उत्तरमा पनि यी कुरा आएको बताए।


    सोमवार, फाल्गुण १६ २०७८०५:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij