Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच समझदारी

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच समझदारी

  • सोमवार, फाल्गुण १६ २०७८

  • 801
    SHARES

  • जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच समझदारी

    काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ ।

    सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

    ‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझादरी भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल भारतले नेपाललाई दिनेछ, ।’

    प्रवक्ता सञ्जेलकाअनुसार सोमबार आयोजित भर्चुअल कार्याक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा. गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।


    सोमवार, फाल्गुण १६ २०७८०५:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij