Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल

एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल

  • आइतवार, फाल्गुण १५ २०७८

  • 1.1K
    SHARES

  • एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो  : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए ।

    ‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो र नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ उनले भने ।

    नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए ।

    ‘संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याउनु कुरा गर्नु जनतालाई ठग्नुमात्र हो । यस्तो कुरा महाकाली सन्धीका बेलामा निरर्थक संकल्प प्रस्ताव जस्तै हो’ उनले भने ।


    आइतवार, फाल्गुण १५ २०७८०३:५९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij