Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना

जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना

  • आइतवार, फाल्गुण १५ २०७८

  • 977
    SHARES

  • जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना

    काठमाडौँ – पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा शैक्षिक अक्षकोष स्थापना गरेका छन । आफ्नो जन्मोत्सवका अवसरमा “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना गरेका हुन।

    नेपाल प्रेस युनियन अछामका सचिव एवं नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेशका महाधिवेशन प्रतिनिधि समेत रहेका भण्डारीले आइतबार परेको जन्मदिनमा बिद्यालयमा २६ हजार ६ सय २६ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन ।

    बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

    जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

    रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले बताए।

    उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रादान गर्ने मालिका आधारभुत विद्यालयका प्रधानध्यापक भक्तराज ढुंगानाले बताए।

    विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कोष स्थापना कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि थिए ।


    आइतवार, फाल्गुण १५ २०७८०३:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij