काठमाडौँ । नेपाली कांग्रेसको यसअघि स्थगित गरिएको जिल्ला अधिवेशनको मिति पुनः सरेको छ । कांग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन स्थगित गरेको हो ।
यसअघि रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो । यी जिल्लाको अधिवेशन अब फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ ।
महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने पूर्व निर्धारित समयमै हुने समितिले जनाएको छ ।