Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक लाख २० हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

एक लाख २० हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

  • मंगलवार, फाल्गुण १० २०७८

  • 805
    SHARES

  • एक लाख २० हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

    काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् ।

    नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।

    प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डीआईजी धानुकले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।

    स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ । आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ ।

    भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ ।

    गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

    प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । योपटक एकैचरणमा हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

    निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।


    मंगलवार, फाल्गुण १० २०७८०३:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij