Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पक्राउ परेका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

पक्राउ परेका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

  • मंगलवार, फाल्गुण १० २०७८

  • 576
    SHARES

  • पक्राउ परेका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

    काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।

    मंगलबार पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न माग गरेका हुन् ।

    क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई झुट्टा मुद्दा लगाएको भन्दै अविलम्ब र निःशर्त रिहाइको माग गरेको हो ।


    मंगलवार, फाल्गुण १० २०७८०२:२३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij