Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसपा विवादः भट्टराई पक्षले थाल्यो हस्ताक्षर संकलन, यादवले बोलाए कार्यकारिणी समितिको बैठक

जसपा विवादः भट्टराई पक्षले थाल्यो हस्ताक्षर संकलन, यादवले बोलाए कार्यकारिणी समितिको बैठक

  • सोमवार, फाल्गुण ९ २०७८

  • 872
    SHARES

  • जसपा विवादः भट्टराई पक्षले थाल्यो हस्ताक्षर संकलन, यादवले बोलाए कार्यकारिणी समितिको बैठक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

    जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

    अध्यक्ष यादवले सोमबार १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् । ‘३ महिनादेखि केन्द्रीय समितिको बैठक माग गर्दै आएका छौं, अध्यक्ष तयार हुनु भएको छैन,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘१३ फागुनमा कार्यकारिणी समिति बैठक भनेर भर्खर कार्यलयबाट खबर आएको छ ।’

    कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।


    सोमवार, फाल्गुण ९ २०७८०२:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij