Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई

एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई

  • सोमवार, फाल्गुण ९ २०७८

  • 374
    SHARES

  • एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन राष्ट्रिय हितमा निर्णय गरौं : बाबुराम भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गर्नुभएको छ ।

    सामाजिक संजालमार्फत उहाँले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

    ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, भट्टराईले भन्नुभएको छ, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ! दलीय÷गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !’

    भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ तर जसपाले आधिकारिक निर्णय भने गरिसकेको छैन ।


    सोमवार, फाल्गुण ९ २०७८०६:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij