Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कामु प्रधानन्यायाधीशको आह्वानमा आज न्याय सेवा आयोगको बैठक बस्दै

कामु प्रधानन्यायाधीशको आह्वानमा आज न्याय सेवा आयोगको बैठक बस्दै

  • आइतवार, फाल्गुण ८ २०७८

  • 265
    SHARES

  • कामु प्रधानन्यायाधीशको आह्वानमा आज न्याय सेवा आयोगको बैठक बस्दै

    काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा आज न्याय सेवा आयोगको बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन ।

    तर कागजी प्रक्रिया पु¥याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए । आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको बताइएको छ ।

    न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।


    आइतवार, फाल्गुण ८ २०७८११:००:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij