Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

  • शनिवार, फाल्गुण ७ २०७८

  • 556
    SHARES

  • एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बैठक बस्न लागेको हो ।

    बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेताहरुले बताएका छन् । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आउनुभएको छ ।

    सो पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा पनि छलफल हुने बताउनभुएको छ ।


    शनिवार, फाल्गुण ७ २०७८०८:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij