Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धन बैठक आज पनि निष्कर्षविहीन, ८ गते फेरि बस्ने

गठबन्धन बैठक आज पनि निष्कर्षविहीन, ८ गते फेरि बस्ने

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 737
    SHARES

  • गठबन्धन बैठक आज पनि निष्कर्षविहीन, ८ गते फेरि बस्ने

    काठमाडौँ । विवादित अमेरिकी सहयोग परियोजना एमसीसीमा साझा धारणा बनाउने प्रयासस्वरुप बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । सत्ता गठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको हो । एक घण्टा पनि नबसी आइतबार पुनः बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

    बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याउनुभएको थियो । तर नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहो¥याएको छ ।

    सत्ता गठबन्धनको बैठक बस्नुअघि बिहान गठबन्धनमा रहेका कांग्रेस बाहेकका तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । माओवादी केन्द्रका प्रचण्डको निवास खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।


    शुक्रवार, फाल्गुण ६ २०७८११:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij