Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 668
    SHARES

  • सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको एजेण्डाबारे थप छलफल गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

    सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आज साढे ११ बजे बस्ने छ ।

    यसैबीच, संघीय संसद सचिवालयले प्रतिनिधि सभाको संभावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ ।

    सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी भने परेको छैन ।


    शुक्रवार, फाल्गुण ६ २०७८०७:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij