Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धन बैठकअघि ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता

गठबन्धन बैठकअघि ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 693
    SHARES

  • गठबन्धन बैठकअघि ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।

    कांग्रेस नेता रिजालले भेटवार्ता भएको पुष्टि गरे पनि थप खुलाउन चाहेनन् ।

    बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।


    बिहिवार, फाल्गुण ५ २०७८०५:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij