Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भृकुटिमण्डपमा छैटौं दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता हुने

भृकुटिमण्डपमा छैटौं दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता हुने

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 646
    SHARES

  • भृकुटिमण्डपमा छैटौं दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता हुने

    काठमाडौं । आगामी चैत्रमा राजधानीको भृकुटिमण्डपमा छैटौं दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । देशभरका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन तथा क्षमता अभिबृद्धीका लागी चैत १६ गतेदखी १९ गते सम्म प्रतियोगिता हुने भएको हो । ।

    भृकुटिमण्डपको वगैचामा आयोजना हुने दोहोरी प्रतियोगीतामा देशभरका कलाकारले भाग लिन पाउने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।

    कोरोना महामारीका कारण चाहे जस्तो प्रत्यक्ष दोहोरी सुन्न नपाएका दर्शक र साँगीतीक यात्रामा रमाउन प्लेट फर्म नपाएका कलाकारहरुका लागी प्रतियोगीता आयोजना गरीएको प्रतिष्ठानका सचिव रमेशराज भट्टराईले बताए । उनका अनुसार देशभरका महिला तथा पुरुष कलाकारहरुलाई आफनो कला देखाउन अवसर मिल्ने छ ।

    प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गायक र गायिकाले १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगीताको निर्णायक छान्ने जिम्मेवारी प्रतिष्ठानका अध्यक्ष रमेश विजीलाई दिईएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विसं २०५७ सालबाट लोकगीतको क्षेत्रको हितका लागि सञ्चालित संस्था हो ।

     

     


    बिहिवार, फाल्गुण ५ २०७८०५:३५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij