Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 754
    SHARES

  • ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।

    झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गराएको हो ।

    यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

    त्यस्तै, ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्र्याउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गराएको उनले बताए ।

    अनेरास्ववियुका तर्फबाट वाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।


    बिहिवार, फाल्गुण ५ २०७८०२:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij