Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से फेरि दोहोरो अंकले घट्यो, ३ अर्ब २ करोडको कारोवार

नेप्से फेरि दोहोरो अंकले घट्यो, ३ अर्ब २ करोडको कारोवार

  • बुधवार, फाल्गुण ४ २०७८

  • 753
    SHARES

  • नेप्से फेरि दोहोरो अंकले घट्यो, ३ अर्ब २ करोडको कारोवार

    काठमाडौँ । साताको चौथो कारोबारको दिन आज(बुधबार) नेप्सेमा पुनः दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजारको परिसूचक १९.८४ अंकले घटेर २,७३४.४४ पुगेको हो । अघिल्लो दिन सेयर बजारको परिसूचक ५३.३० अंकले बढेर २,७५४.२८ पुगेको थियो । यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घट्दै ५१८.६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।

    १९ अंक माथिले बजार घटेसँगै यस दिनयता कारोवार रकम समेत घटेको छ । दिनभरमा जम्मा २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ सेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ १४ पैसाको कारोबार भएको छ । अघिल्लो दिन यस्तो कारोबार ५३ अंकले बढेको बजारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।

    कारोबार भएका कुल कम्पनीमध्ये १५४ कम्पनीको मूल्य घटेको छ भने ३२ कम्पनीको मूल्य बढेको छ । बाँकी ५ कम्पनीको मूल्य स्थिर छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिाएको छ । लाइफ इन्स्योरेन्स र अन्य उपसमूहको मात्रै सूचक सकारात्मक देखिएको हो ।

    आज गुराँस लघुवित्त वित्तीय संस्थाको ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ३.२३ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर भने ३ प्रतिशतभन्दा कमले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पवार कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँको कारोबार भएको हो ।

    यसपछि, नेसनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख ४७ हजार ९६६ रुपैयाँ १० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १६ करोड ८ लाख ७१ हजार ११ रुपैयाँ ६० पैसा, एनटिसीको १४ करोड ८८ लाख ३० हजार ६०० रुपैयाँ १० पैसा र युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाख ६० हजार ७४६ रुपैयाँ ५० पैसाको कारोबार भएको छ ।

     


    बुधवार, फाल्गुण ४ २०७८०३:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij