काठमाडौँ । काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।
प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले उत्तेजित आन्दोलनकारीलाई नियन्त्रण गर्न पानीका फोहरा प्रहार गरिरहेको छ ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो ।
नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नारावाजी जारी राखेका छन् ।