Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
माओवादी संसदीय दलको निष्कर्ष

एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मत दिएर सरकारबाट बाहिरने

एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मत दिएर सरकारबाट बाहिरने

  • बुधवार, फाल्गुण ४ २०७८

  • 366
    SHARES

  • एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मत दिएर सरकारबाट बाहिरने

    काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न नसकिने निष्कर्ष निकालेको छ । आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

    नेता गुरुङले यथास्थितिमा एमसीसी संसदमा टेबल गरे विपक्षमा मत दिने निर्णय गरिएको बताउनुभयो । गठबन्धनमा सहमति नभइ एमसीसी टेबल गरे आफूहरु सरकारमा बसिरहन नमिल्ने पनि उहाँले बताउनुभयो ।

    माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको एमसीसी टेबल गर्ने तयारी गरेको छ । 


    बुधवार, फाल्गुण ४ २०७८११:३५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij