काठमाडौँ । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज बिहान साढे बजे परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ ।
यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हँुदै आएको थियो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गर्नुभएको थियो ।
एमसीसी आजको बैठकमा टेबुल गराउने काँग्रेसले मंगलबारको बैठकमा निर्णय गरेको थियो । संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी समेटिएको थिएन ।