Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक आज, एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधि सभा बैठक आज, एमसीसी टेबल गर्ने तयारी

  • बुधवार, फाल्गुण ४ २०७८

  • 797
    SHARES

  • प्रतिनिधि सभा बैठक आज, एमसीसी टेबल गर्ने तयारी

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ ।

    संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरेको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

    यद्यपि, कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधि सभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ । मंगलबार नै बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । यसका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई आग्रह गर्नुभएको थियो ।

    काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।

    तर एमसीसीको पक्षमा सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी खुलेको छैन । अर्थात यी दुई दलमा पार्टीका नेताहरुमै एमसीसीबारेको बुझाइ एकरुपता छैन । यसैगरी जसपा एमसीसीको पक्षमा देखिएको छ भने प्रतिपक्षी दल एमालेचाहिँ सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय पर्ने पक्षमा रहेको छ ।


    बुधवार, फाल्गुण ४ २०७८०६:३८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij