Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष

कोरोना खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 954
    SHARES

  • कोरोना खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको बताएको छ ।

    कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ ।

    समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।

    कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।


    मंगलवार, फाल्गुण ३ २०७८०६:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij