Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

स्थानीय निर्वाचन अभियान चलाउने काँग्रेसको निर्णय

स्थानीय निर्वाचन अभियान चलाउने काँग्रेसको निर्णय

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 435
    SHARES

  • स्थानीय निर्वाचन अभियान चलाउने काँग्रेसको निर्णय

    काठमाडौं– नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

    काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताए । काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताए ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij