Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 710
    SHARES

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    बैठकमा विशेषगरी म्याद सकिएका कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ । यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

    कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ । यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो । उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राख्नुभएको थियो।


    मंगलवार, फाल्गुण ३ २०७८०६:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij