Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा फुल कोर्ट बस्दै

कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा फुल कोर्ट बस्दै

  • सोमवार, फाल्गुण २ २०७८

  • 448
    SHARES

  • कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा फुल कोर्ट बस्दै

    काठमाडौँ । कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्दै छ । दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको सर्वोच्चका बताइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश बन्नुभएको हो । मन्त्रिपरिषदमा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश जबरा मुछिएपछि गत कात्तिक ७ गतेदेखि जबराको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन ।

    सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट वैठक बस्यो । त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो । यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश जबरा अनुपस्थित हुनुहुन्थ्यो ।


    सोमवार, फाल्गुण २ २०७८०७:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij