Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगपछि सभामुखले बोलाए सर्वदलीय बैठक

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगपछि सभामुखले बोलाए सर्वदलीय बैठक

  • सोमवार, फाल्गुण २ २०७८

  • 569
    SHARES

  • प्रधानन्यायाधीश विरुद्धको महाअभियोगपछि सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगले राजनीतिक तरंग उत्पन्न भएको बेला सभामुख अग्निसापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरूले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रधानन्यायाधीश जबरालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

    सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सो महाभियोगका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुन् ।

    यस्तै समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद छन् । यता, आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।


    सोमवार, फाल्गुण २ २०७८०७:०४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij