Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

न्याय क्षेत्र अराजक बन्न लागेपछि महाअभियोग दर्ता गर्‍यौं : प्रचण्ड

न्याय क्षेत्र अराजक बन्न लागेपछि महाअभियोग दर्ता गर्‍यौं : प्रचण्ड

  • आइतवार, फाल्गुण १ २०७८

  • 921
    SHARES

  • न्याय क्षेत्र अराजक बन्न लागेपछि महाअभियोग दर्ता गर्‍यौं : प्रचण्ड

    काठकाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताएका छन्।

    आइतबार मधेसको राजधानी जनकपुरधाममा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश राणाले नै पहल गरून् भन्ने गठबन्धनको चाहना भए पनि उनले त्यसो नगरेपछि महाअभियोग ल्याइएको बताए।

    ‘केही समयदेखि नेपाली न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति दुःखद थियो। न्यायाधीश र अधिवक्ताहरू आन्दोलनमा थिए। हामीले यसको सहज निकास चाहेका थियौं। त्यसका लागि पहल पनि गर्‍यौं,’ प्रचण्डले भने,‘प्रधानन्यायाधीशले विदा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि संवैधानिक प्रक्रिया थालिएको हो।’

    प्रचण्डले राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनका सबै दलहरू सहमत भएकाले यसले गठबन्धनलाई अझ बलियो बनाउने बताए।

    ‘महाअभियोग लगाउनेमा सबैको सहमति छ। यसले गठबन्धनलाई अझ बलियो बनाउँछ,’ प्रचण्डले भने।

    सत्तारूढ गठबन्धनका तीन दलका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश राणा आइतबारदेखि निलम्बनमा परेका छन्।


    आइतवार, फाल्गुण १ २०७८०५:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij