Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १०० अंकको गिरावट, १९० कम्पनीको सेयरमूल्य घट्यो

नेप्सेमा १०० अंकको गिरावट, १९० कम्पनीको सेयरमूल्य घट्यो

  • आइतवार, फाल्गुण १ २०७८

  • 892
    SHARES

  • नेप्सेमा १०० अंकको गिरावट, १९० कम्पनीको सेयरमूल्य घट्यो

    काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर अंक भन्दा बढीको गिरावट भएको छ ।

    शुक्रबार बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर ११।०३ प्रतिशत पुर्‍याउने निर्णय गर्दै बैंकहरूलाई सर्कुलर गरेको थियो । सोहीअनुसार आजबाट लागु हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेका बैंकहरूले स्ट्यान्नर्ड चाटर्डबाहेक सबै ११.०३ प्रतिशत पुर्‍याएका छन् ।

    ब्याजदर वृद्धिसँगै त्यसले लगानीकर्तामा परेको मनोवैज्ञानीक प्रभावले गर्दा आज सुरुवातबाट नै सेयर बजारमा गिरावट भयो । आइतबार बजार परिसूचक १०१.२४ अंकले गिरावट भएर २७००.३२ अंकमा बन्द भएको छ ।

    नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचकमा करिब साढे ५ प्रतिशतले गिरावट भएको छ । यस्तै लगानी उपसूचकमा ५ प्र्रतिशत, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा साढे ४ प्रतिशत माथिको गिरावट हुँदा विकास बैंक र निर्जीवन बिमा उपसूचक ४ प्रतिशत माथिले घटेको छ ।

    आज नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम भने करिब ६ अर्ब पुगेको छ । नेप्सेमा आज कूल पाँच अर्ब ९७ करोड ७२ लाख, १५ हजारको कारोबार हुँदा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक ३२ लाख ८४ हजारको किनबेच भयो । त्यस्तै अरूण भ्याली हाइड्रोपावरको २८ करोड ३९ लाख र नेपाल इन्फ्रास्ट्रचर बैंकको करिब २५ करोड ३३ लाखको कारोबार भएको छ ।

    आज नेप्सेमा कुल १९१ कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्य गिरावछ हुादा स्वाभिमान लघुवित्तको सेयरमूल्य भने स्थिर रह्यो । पाँचवटा सामूहिक लगानी कोषको इकाइ मूल्यमा भने वृद्धि भएको छ ।

    विद्युत उत्पादन पछि पनि दोस्रो त्रैमासमा घाटामा वित्तीय विवरण प्रकाशित गरेको अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य ८.३७ प्रतिशतले गिरावट हुँदा नरायणी डेभलपमेन्ट बैंकको ८.२६ प्रतिशत, शिवश्री हाइड्रोपावरको सेयरमूल्य ७.७५ प्रतिशत, वीन नेपाल लघुवित्तको सेयरमूल्य ७.५९ प्रतिशत र बुद्धभूमि हाइड्रोपवारको सेयरमुल्य ७.५२ प्रतिशतले गिरावट भएको छ ।


    आइतवार, फाल्गुण १ २०७८०४:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij