Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ : प्रचण्ड (भिडियोसहित)

जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ : प्रचण्ड (भिडियोसहित)

  • आइतवार, फाल्गुण १ २०७८

  • 619
    SHARES

  • जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ : प्रचण्ड (भिडियोसहित)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित माओवादीहरूलाई एक हुन आह्वान गर्नुभएको छ । २७औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकै ठाउँमा समेटिन आग्रह गर्नुभएको हो ।

    ‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, सन्देशमा प्रचण्डले भन्नुभएको छ, ‘छरिएर रहेका माओवादी घटकहरूलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु ।’

    परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने उहाँको विश्वास छ । जनयुद्ध दिवसका अवसरमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले जनयुद्धका क्रममा बेपत्ता, घाइते र उनीहरुका परिवारजनप्रति सम्मान प्रकट गर्नुभएको छ ।

    नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि रहेको उल्लेख गर्दै प्रचण्डले नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको दाबी गर्नुभएको छ । तर ‘देशी–विदेशी प्रतिक्रियावादी शक्ति’ जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    यसर्थ २७औं जनयुद्ध दिवसको सन्दर्भमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबैखाले प्रतिक्रियावादी षडयन्त्रविरुद्ध अगाडि बढ्न प्रचण्डले अपिल गर्नुभएको छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ ।

     

     


    आइतवार, फाल्गुण १ २०७८०७:४२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij