काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्तारूढ दलका दुई जना शीर्ष नेताबीच बालुवाटारमा भेट भएको छ।
प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।
अमेरिकी अनुदान सहयोग परियोजना एमसिसीमा सत्तारूढ गठबन्धनभित्र ध्रुवीकरण भइरहेका बेला शनिबार देउवाले गठबन्धनका प्रमुख नेतासँग छलफल गरेका हुन्।
छलफल के–के विषयमा केन्द्रित छन् भन्ने खुलेको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक बालुवाटारमा बसिरहेको पुष्टि गरेका छन्।