Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
एमसीसीबारे मोहन वैद्यको आक्रोश

‘अमेरिकी साम्राज्यवादको प्रतिवाद गर्नुको साटो संसदधारी दलहरुले ताबेदारी गरे’

‘अमेरिकी साम्राज्यवादको प्रतिवाद गर्नुको साटो संसदधारी दलहरुले ताबेदारी गरे’

  • शनिवार, माघ २९ २०७८

  • 386
    SHARES

  • ‘अमेरिकी साम्राज्यवादको प्रतिवाद गर्नुको साटो संसदधारी दलहरुले ताबेदारी गरे’

    काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसद्मा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिकाप्रति आपति जनाएको छ ।

    शुक्रबारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी विदेश सहयाक मन्त्री डोनाल्ड लुले दबाब दिएको बिषयमा मौन बसेको भन्दै पार्टी महासचिव मोहन बैद्य किरणले आक्रोश पोख्नुभएको हो ।

    आगामी १६ फागुनभित्र संशोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुमार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव बैद्यले त्यसको बिरोधमा डटेर सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    ‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली कांग्रेसले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छांै भनी प्रतिवद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी कांग्रेस नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको ताबेदारी गरेका छन्,’ बैद्यले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘एमाले र माओवादी केन्द्रले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन् । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’

    बैद्यका अनुसार सुमारले एमसीसी परियोजना संशोधन नहुने तथा १६ फागुनभित्र पारित गर्नै पर्नेभन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुक माथी हस्तक्षेपसमेत हो ।

    क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसद्वादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गरेको महासचिव बैद्यले जनाउनुभएको छ । देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन उहाँले प्रेस बिज्ञप्तिमार्फत आब्हानसमेत गर्नुभएको छ ।


    शनिवार, माघ २९ २०७८११:२१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij