Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

विगत ९ महिनादेखि कर्णालीको ऊर्जा मन्त्रालय सचिवविहीन

विगत ९ महिनादेखि कर्णालीको ऊर्जा मन्त्रालय सचिवविहीन

  • शनिवार, माघ २९ २०७८

  • 792
    SHARES

  • विगत ९ महिनादेखि कर्णालीको ऊर्जा मन्त्रालय सचिवविहीन

    सुर्खेत । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो ।

    पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा वैशाख २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार मन्त्रिपरिषद् कार्य विभाजन नियमावली, २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४ संशोधन स्वीकृति भए बमोजिम यस मन्त्रालय स्थापना भएको थियो ।

    स्थापना भएदेखि नै उक्त मन्त्रालय निमित्तका भरमा चलिरहेको छ । मन्त्रालयका स्थापनासँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इञ्जिनीयर धर्मेन्द्र झालाई निमित्त सचिवको जिम्मेवारी दिइएको थियो ।

    माघ २ गतेदेखि उक्त मन्त्रालयमै कार्यरत सिनियर डिभिनल इञ्जिनीयर गोपाल शर्माले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । निमित्त सचिव शर्माका अनुसार मन्त्रालयमा सिनियर डिभिजनमा चार दरबन्दी खाली रहेको र इञ्जिनियर सात दरबन्दीमा एकजना मात्रै हुँदा काम गर्न जटिल भएको छ ।


    शनिवार, माघ २९ २०७८०७:१४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij