Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्नु : कांग्रेस प्रवक्ता महत

सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्नु : कांग्रेस प्रवक्ता महत

  • शुक्रवार, माघ २८ २०७८

  • 661
    SHARES

  • सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्नु : कांग्रेस प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संसदमा दर्ता भएको प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने बताए ।

    ‘सभामुखले सदनमा प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो । सदनमा बुँदागत छलफल हुन्छ । दूधको दूध पानीको पानी छुट्टिन्छ’ उनले भने ।

    प्रवक्ता महतले पछिल्लो एक वर्षमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई गिजोल्ने काम भएको टिप्पणी गरे । ‘अहिले विरोधमा रहेका दल र तिनका नेताको एमसीसीमा सहभागिता, समर्थन रहेको थियो । तर पछिल्लो एक वर्षदेखि एमसीसीलाई गिजोल्ने काम भएको छ । भ्रम फैलाउने गरी प्रचार हुनु दुर्भाग्य हो । यो कुनै देशविरूद्धको परियोजना होइन’ उनले भने ।

    एमसीसीबारेका भ्रमहरू एमसीसीले नै प्रष्ट पारिसकेको भन्दै महतले देश अनुसार अलग अलग नीति बनाउनु नेपालकै लागि घातक हुने बताए ।


    शुक्रवार, माघ २८ २०७८०३:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij