Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

  • शुक्रवार, माघ २८ २०७८

  • 654
    SHARES

  • आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

    काठमाडौँ । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आजदेखि पशुपतिनाथ मन्दिर खुलेको जनाएको छ ।

    मन्दिरमा ५० जनाभन्दा बढी भेला नहुने गरी सर्वसाधारणको लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ओमिक्रोनको संक्रमण बढेपछि गएको माघ ४ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

    मन्दिर बन्द गर्दा दर्शनार्थी र भक्तजनको गुनासो आएपछि खुला गर्ने निर्णय भएको विकास कोषको विज्ञप्तिमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषको सूचनामा उल्लेख छ ।


    शुक्रवार, माघ २८ २०७८०७:२७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij