Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

  • बिहिवार, माघ २७ २०७८

  • 484
    SHARES

  • माओवादीको केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।

    माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको नेताहरुको भनाइ थियो ।


    बिहिवार, माघ २७ २०७८०५:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij